विराटनगर,३० मंसिर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठूला ...
विराटनगर,३९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् । पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै ...
विराटनगर,२९ मंसिर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठककक्ष (मिटिङ हल)को शिलान्यास गरेका छन् । शुक्रबार गणमा आयोजित कार्यक्रममा मेयर कोइरालाले विधिवत रुपमा बैठककक्षको शिलान्यास गरे । ...
काठमाडौँ ,२९मंसिर । सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले उक्त आदेश दिएको हो। अदालतले मुद्दाको अन्तिम टुंगो नलगेसम्म निर्णय कार्यान्वयन नगर्न भनेको ...
विराटनगर,२९मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाहको बिहे आज हुँदैछ। विवाह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो। उनीहरुबीच मंसिर १२ ...
विराटनगर,२९मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि शुक्रबार रिहा हुँदैछन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाँण शुक्रबार धरौटी बुझाएर रिहा हुन ...
काठमाडौँ ,२८ मंसिर । नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेस गर्ने प्रस्तावलाई अन्तिम रुप दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ। महासमिति बैठकमा थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन्। दुवै प्रस्तावलाई संयुक्त बनाई अन्तिम ...
काठमान्डौं,२८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाकाे एकल इजलासले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न ...
काठमान्डौं,२७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौलिक नेपाली संस्कृतिलाई उद्योगसँग जोड्नेगरी नीति तयार भइरहेको बताएका छन् । नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा उनले यो जानकारी दिएका हुन् । संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न संघीय ...
काठमान्डौं,२७ मंसिर । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश दिएको ...
काठमान्डौं,२७ मंसिर । मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको ...
कौशल निरौला विराटनगर,२६ मंसिर / विराटनगरका अरु हस्पिटलले काम बिराउदा न्युरो हस्पिटललाई चिन्ता परेको छ । यसको कारण हो झण्डै-झण्डै नाम मिल्न जानु । न्युरो हस्पिटल भनेपछी मानिसहरुले विराटनगर -१० स्थित बंगलामुखी मन्दिर छेउमा रहेको हस्पिटललाई लिने गर्दछन् । तर ...
विराटनगर,२६ मंसिर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐनको कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रिका लागि खुल्ला गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको १६ औं अधिवेशन तथा ...
विराटनगर,२६ मंसिर । विराटनगर स्थित “मेट्रो न्युरो अस्पताल”ले आफ्नो संस्थाको बदनामी गरिएको भन्दै कारबाहीको माग गरेको छ । संस्थाको बदनामीमा सम्लग्नहरुलाई कारबाही हुनुपर्ने अडान अस्पतालले गरेको छ । “मरेको व्यक्ति जीवित भेटियो” भन्ने शीर्षकमा आएका समाचारहरुमा सत्यता नभएको जीकिर अस्पतालको ...
विराटनगर,२६ मंसिर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गरेका छन् । मेयर कोइरालाले मंगलबार जामुनगाछी–केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्यासमेत सुनेका थिए । उनले मापदण्डमा परेका घरधनीहरुसँग ...
जनकपुर,२६ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै ...
बारा,२६ मंसिर । बाराको कलैया उपमहानगरपालिका-१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छिन्। वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती ...
काठमान्डौं,२६ मंसिर । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। लगाार दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज सुनुवाइ हुने भएको हो। सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर ...
विराटनगर,२५ मंसिर / समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विस्वासले पार्टी विरुद्ध हड्ताल गर्ने पहिचानवादीहरु परिचालित भएको आरोप लगाएका छन् । उनले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरुले शुरु गरेको आन्दोलन आफ्नो ठाउँमा सही भएपनि अन्य पार्टी र तीनका ...
विराटनगर,२५ मंसिर । विराटनगरका एक युवकमाथि नेपाल–भारतको सीमा क्षेत्रमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ गोली प्रहार भएको मोरङ प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा ...
