-सुजन निरौला विराटनगर,२५ मंसिर । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दैआज शिवालयहरुमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन ...
काठमान्डौं,२४ मंसिर । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी ...
काठमान्डौं,२४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले अनुमोदन गरेका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रूपमा क्रियाशील रहेको बताएका छन्। ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जातीय, क्षेत्रीय, लैङ्गिक तथा ...
ओखलढुंगा,२३ मंसिर । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ। सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो। तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन्। पुरानो कारागार ...
काभ्रेपलाञ्चोक,२३ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको ...
काठमाडौं,२२ मंसिर । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ। प्लास्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ। विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले ...
काठमान्डौं,२० मंसिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही ...
विराटनगर,२० मंसिर । विराटनगर मुख्य बजार क्षेत्रको सातघुम्तीमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन । विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने ...
काठमान्डौं,२० मंसिर । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद-बिक्रीबारे आज छलफल गर्ने भएको छ। लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ। एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले ...
काठमान्डौं,२० मंसिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश ...
विराटनगर,१९ मंसिर । कांग्रेस नेता शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिज्ञ, कर्मचारी र व्यापारीको समेत मिलेमत्तो रहेको आरोप लगाएका छन् । उनले अब पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने कम्पनी बिक्रीमा राजनीतिज्ञ र कर्मचारीको संलग्नता नभएको कुरा विश्वास गर्न नसकिने बताए ...
काठमाडौं,१९ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिट हेर्न नभ्याइनेमा परेको छ । मंगलबार पूर्ण सुनुवाइका लागि न्यायाधीशद्धय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, समयअभावका कारण उक्त ...
काठमान्डौं,१९ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय गर्न नसक्ने स्पष्ट पारेका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्ने क्रममा अर्थमन्त्री महतले ऋण मिनाहा भनेको बचतकर्ताको बचत सकिनु भएको भन्दै उनले बचतकर्तालाई सरकारले अन्याय गर्न नसक्ने ...
काठमान्डौं,१९ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले न्यून पारिश्रमिकका लागिसमेत देश छोड्नु पर्ने बाध्यता हटाउन सरकारलाई आग्रह गरेका छन्। मंगलबार बालक्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले नेपालीहरुले न्यूनतम पारिश्रमिकका लागि विदेश गएर तल्लो स्तरको श्रम गर्न बाध्य अवस्थाको अन्त्य गर्न ...
काठमान्डौं,१८ मंसिर । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली ...
काठमान्डौं,१४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको सर्वाभौम सत्ताको मूल ...
विराटनगर,१४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गरिने बताएका छन् । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा बिहिबार आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको ...
विराटनगर,१४ मंसिर / सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिका कडा रुपमा प्रस्तुत भएको छ । सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको छ । सुर्तीजन्य ...
विराटनगर,१३ मंसिर । कोशी प्रदेश सरकारको बजेट बुधबार बसेको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले पारित भएको छ । आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक पारित भएको हो । बजेटमा चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार विनियोजन गरिएको छ । ...
विराटनगर,१२ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले औद्योगिक कच्चा पदार्थ र औद्योगिक मेसिनरी सामान बोकेको सवारी साधनलाई चेक जाँचको नाममा दु:ख दिने गरेको गुनासो व्यवसायीहरुले गरेका छन् । क्षमता भन्दा बढि (ओभरलोड) सामान बोकेको भन्दै जिल्ला ट्राफिकले चेकजाँचका नाममा ...
