रोशिका अधिकारी
विक्रम सम्वत २०३१ साल चैत २० गतेका बुवा स्व.तुलसी पराजुली र आमा तुलसीमाया पराजुलीको कोखबाट जन्मिएका भीम पराजुली नेपाली कांग्रेसका सशक्त युवा नेता भनेर चिनिदै आएका छन् ।
विराटनगरको जनता स्कुलबाट एसएलसी पास गरेका पराजुलीले महेन्द्र मोरङ क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन । विद्यालय स्तरमै नेविसंघको राजनीति सुरु गरेका पराजुलीले जनता स्कुलबाट एसएलसी उतिर्ण गरेका हुन् भने महेन्द्र मोरङ क्याम्पसबाट उच्च शिक्षा हसिल गरेका हुन ।
विद्यालय स्तरमा नै राजनिति संग परिचित भएका पराजुली स्कुल समितिमा नेविसंघको अध्यक्ष भएका थिए । त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप सशक्त बनाए । महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति उम्मेद्वार उठेर प्यानललै विजयी गराएका पराजुलीको राजनीतिक छवी निकै प्रभावशाली छ ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि छन् । पराजुली नयाँ पुस्ता मात्रै होइन अघिल्लो पुस्ताका लागि पनि रुचाइएका नेता हुन् । नेपाली काँग्रेसको नगर सभापति,विराटनगर महानगरको मेयर र हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्न सफल भएका उनको छबीले उचाई लिइरहेको छ ।
धार्मिक छवि
धार्मिक छवि बनाएका पराजुली युवा,बृद्ध सवैमाझ परिचित छन् । माछामासु,लसुन,प्याज पनि नखाने र धार्मिक प्रवितृका उनि हरेक धार्मिक विधि अनुष्ठानहरुको परिपालना गर्दछन् । हरेक वर्ष आउने छट पर्वका अवसरमा कठोर ब्रतमा दण्डप्रणाम गरेर सिंगाई खोलामा पूग्ने र उपसना गर्ने गर्दछन् । यसका अलाबा उनले धार्मिक क्षेत्रको विकास र समृद्धीमा जोड दिदै आएका छन् । उनलाई युवा पुस्ताले प्रोत्साहित गरिरहेका हुन्छन् भने अधिकांश बृद्ध,बृद्धा बुबा आमाहरु भीम पराजुलीको लगावमा खुसी देखिन्छन् ।
पराजुली संघसस्थामा पनि उतिकै सक्रिय
पराजुली राजनीतिक रुपमा मात्रै नभएर सामाजिक संघसंस्थामा पनि संलग्न छन् । विराटनगर महानगरको मेयर भएर काम गरिसकेका उनि हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् । यस्तै क्रिकेट संघ क्षेत्र नम्बर १ को अध्यक्ष भएर काम गरे । अन्तरधार्मिक परिषद्, त्रिवेणी वाचनालय, आदर्श विद्यालय , पोखरिया ऋण सहकारी लगायत दर्जनौ संस्थामा काम गरेको अनुभव उनिसंग छ । राजनीतिमा जेल, नेल र विकास निर्माणको अगुवाइ मात्र होइन पराजुली सामाजिक काममा पनि अगाडी रहँदै आएका छन् ।
मर्दा पर्दा सबैको घरमा पुग्ने खुवी
समाजमा विभिन्न दु:ख पीडा परेका बेला मोरङका विभिन्न स्थानमा जनताको घरदैलोमा पुगेर समवेदना पत्र बाँडेका पराजुली जनताको सुख दु:खका यात्री मानिन्छन् । पराजुलीको समाजसेवाको फेहरिस्त धेरै लामो छ । २०७२ सालको भुकप्पमा पराजुलीले आफ्नै नेतृत्वमा धादिङ पुगेर १५१ जनाको घरटहरा निर्माण, ७० वटा जोखिमपूर्ण घर हटाउने काम गरेका थिए । जनचेतना, स्वास्थ्य सिविर संचालन त उनको नियमित काम हो । विराटनगर महानगरको मेयर भएका बेला उनले कोरोना कालमा अक्सिजन र स्वास्थ्य सामाग्री वितरणमा गरेको योगदानले विराटनगर बासी उनिप्रति नरम देखिन्छन् । नगर सरसफाइ, सामुदायिक विद्यालयको स्तर उन्नती , रोजगारको अवसर प्रदान , विद्यार्थीलाई छात्रवृति प्रदान, बाटोघाटो, पुलपुलेसा लगायत जनताका सरोकारका विषयमा दिनरात नभनी अहोरात्र खटिएकाले उनको पक्षमा जनमासको सधै आसा र भरोसा रहेको पाईन्छ ।
विकासका काममा पनि अगाडी
पराजुलीले एडीबीलगायत अन्य विकासे संस्थाले गरेका सडक विस्तारदेखि विकास निर्माणमा गुणस्तरीय र समयमै काम गराउन सफल भएका छन् । उनले विराटनगर महानगरको मेयर हुदा विराटनगर बसपार्क,तारिणीप्रसाद कोइराला सञ्चारग्राम,गुरुकुल,नमुना विद्यालय,विराटनगरका १९ वटै वडाका वार्ड कार्यालयहरु बनाउन सफल भएका छन् । विराटनगरका पोलहरुमा असरल्ल छरेका तारहरु व्यवस्थित गरेर उनले सुन्दर सहरको परिकल्पना गरेका थिए ।
युवाहरुमाझ लोकप्रिय
युवा समुदायमा स्थापित पराजुली, सामाजिक, साँस्कृतिक अभियन्तासमेत हुन् । उनको लोकप्रियतामा युवाहरुको साथ समर्थनले अगाडि बढेको देखिन्छ । २०६२/६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परेका थिए । आन्दोलन दमनका क्रममा टाउको, खुट्टा र हातमा गरी कैयौँपटक उनी घाइते बनाइएका थिए । राजधानी केन्द्रित आन्दोलनमा उनी पटकपटक धरपकडमा परेका थिए । यो कदममा युवापुस्ताले पराजुलीलाई ठूलो साथ समर्थन गर्दै राजनीति गर्न उत्साहित गरेका थिए ।