Birat Post मंगलबार, माघ २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ माघ
प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कीले प्राविधिक शिक्षालाई विकास र विस्तार गर्न आवश्यक भएको बताएका छन् ।

प्राविधिक प्रशिक्षक प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद १ नं प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्राविधिक शिक्षामा गरिए अनुसारको प्रतिफल प्राप्तिमा लाग्न जरूरी भएको बताए । प्राविधिक जनशक्ति उत्पादन र यसको प्रतिफल राम्रो बनाउन सवै तहका सरकार संग समन्वय गरि अगाडि बढ्ने बताए ।

यस्तै प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले प्राविधिक शिक्षाको लगानीमा राज्यकोषबाट भएको लगानी दुरुपयोग रोक्न आबश्यक भएको बताए ।

शिक्षानितिमा सुधार आबश्यक रहेको र यसका लागि व्यापकरूपमा अनुगमनको पाटोलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । प्राविधिक शिक्षाको लगानीमा राज्य निकै अगाडि बढेपनि सोचेजस्तो प्रतिफल पाउन नसकिएको बताए । प्रदेश १ को भुगोल विकट पनि रहेको र दुरदराजका गरिब भुइमान्छे रोजगार बनाउन पनि प्राविधिक शिक्षा फलदायी बन्ने र यसलाई अझै प्रभाकारी बनाउन उनले आग्रह गरे ।

गुणस्तरीय व्यवसायीक शिक्षाका लागि शिक्षक क्षमता विकास अन्तरक्रिया कार्यक्रम दिएको कार्यक्रममा प्रदेश १ का सरकारी,आंगिक साझेदारी शिक्षालय,सरकारी विद्यालयमा प्राविधिक शिक्षा लागू गरेका टेक्स विद्यालय र निजि स्तरवाट सन्चालित ३२ शिक्षालयका प्राचार्यहरूको सहभागीता रहेको थियो ।

टिआइ टिआइका अध्यक्ष राजेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सिटिईभिटिईका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी ,मनमोहन विश्वविद्यालयका उपकुलपति डाक्टर सुभास पोखरेल,टिआई टिआईका कार्यकारी निर्देशक इन्जिनियर महेश भट्टराई लगायतको सहभागीता रहेको थियोे ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल