Birat Post आइतबार, साउन २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२१ साउन । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालय रहने व्यवस्थालाई संसदबाट कुनै हालतमा पास हुन नदिने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद देवकोटाले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान राखेको भन्दै यसलाई संघीयता विरोधी भनेर टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठूलो उपलब्धि ठानेको होला । संघीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन ।’

सांसद देवकोटाले स्थानीय तह र प्रदेशको अधिकारसँग बाझिने खालका जिल्ला शिक्षा कार्यालय जस्ता अन्य कुनै पनि संरचनाहरु जिल्लामा राख्न नपाइने भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । स्थानिय तहहरुले शिक्षा क्षेत्रलाई गिजोलेको आरोप लाग्ने गरेको छ । बढी राजनीतिकरण भएको भन्दै शिक्षकहरुले असन्तुष्टि जनाइरहेका वेला देवकोटाको यो भनाइ आएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल