Birat Post बुधबार, माघ १६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

बिराटनगर ,१६ माघ ।  विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधाहरु थप्दै जाने अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष डा. बिरेन्द्रकुमार बिष्ट र अस्पतालका एकेडेमिक डाइरेक्टर प्रो.डा. नवीनकुमार कर्णले कार्यक्रमको पहिलो विद्यार्थी डा. सञ्जय यादवलाई हार्दिक स्वागत गरेको छ । कार्यक्रममा बोल्दै डा. यादवले नयाँ पहल चिकित्सा शिक्षा र स्वास्थ्य सेवा मापदण्डहरू सुधार गर्दै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेर अगाडी बढने बताए ।

एफसिपीएस कार्यक्रमले विभिन्न चिकित्सकीय विधाहरुमा बिशेष प्रशिक्षण, व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने उनले बताए । जसले गर्दा चिकित्सकहरुलाई बिरामीहरुको हेरचाहर उपचार प्रदान गर्न चाहिने नवीनतम ज्ञान र सीपहरूको विकास गरेर अगाडी बढने डा. नविन कर्णले बताए ।

यो कार्यक्रम हाम्रो अस्पतालको यात्रामा एक महत्वपूर्ण कोशे ढुंगा हुने भन्दै २४ बर्ष देखि स्वास्थ्य उपचारमा संलग्न हाम्रो अनुभव आउने र भविष्यका चिकित्सकहरुको लागी राम्रो मार्गदर्शन हुने अस्पतालका अध्यक्ष विष्टले बताए । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलको एकेडेमिक कार्यक्रम अन्तर्गत स्टाफ नर्स तथा एच.ए. को पढाइ विगत १४ बर्ष देखि सन्चालनमा रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल