Birat Post आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,९ कार्तिक  । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकासँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा आज भएको सिरिजको पहिलो खेलमा नेपाल १०६ रनले स्तब्ध भएको हो ।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ओभरमा अलआउट हुँदै १५६ रनमा समेटिएको हो । नेपालका कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर प्रदर्शन गर्न सकेनन् । २६३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो हुन सकेन र लगातार विकेट गुमाउँदा लक्ष्यभन्दा निकै पछि पर्‍यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५० बलमा सर्वाधिक ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन। आसिफ शेखले ३७ र भीम शार्कीले २९ रन जोडेका थिए।

नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा अमेरिकी बलर हारमीत सिंहले ८.१ ओभरमा २७ रन दिएर ६ महत्वपूर्ण विकेट लिए । उनलाई शुभम रञ्जानेले २ विकेट लिएर राम्रो साथ दिए। त्यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियाे ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै १०० बलमा ९ चौकाको मद्दतले सर्वाधिक ७५ रन बनाए। उनी करण केसीको बलमा सोमपाल कामीको हातबाट रन आउट भएका थिए । यस्तै, साइतेजा मुक्कमल्लाले पनि ५८ बलमा ३ चौकासहित ४२ रनको योगदान दिएका थिए। उनीहरुले ९५ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, मिलिन्द कुमारले आक्रामक इनिङ खेल्दै ५० बलमा ६ चौका र २ छक्का प्रहार गरी अविजित ७० रन जोडे। नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर सर्वाधिक २ विकेट लिए। यसबाहेक, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट हात पारेका थिए।

यस जितसँगै अमेरिकाले लिग-२ मा आफ्नो स्थिति बलियो बनाएको छ भने नेपाललाई अर्को हारले दबाब थपेको छ। नेपाल चार सिरिजमा १७ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कका साथ दोस्रो स्थानमा छ । लिग–२ मा सहभागी आठ राष्ट्रले कूल नौ सिरिजमा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन सिरिज खेल्नेछन् भने ६ सिरिज अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल