
मोरङ, ३० कार्तिक । रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकीसिनवारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । टंकीसिनवारी जुनियर जेसिज र रोटर्याक्ट क्लव अफ विराटनगर सेन्ट्रलको समेत सहयोगमा कार्यक्रम भएको हो ।

विराट मेडिकल टिचिङ कलेज तथा अस्पतालको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । स्वैच्छिक रक्तदानलाई प्रोत्साहित गर्दै स्थानीय ब्लड बैंकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको रोटरी क्लवअफ विराटनगर सेन्ट्रलकी अध्यक्ष सुजु कोइरालाले जानकारी दिइन् । उनका अनुसार ३५ जनाले रक्तदान गरेका छन् । रक्तदाताहरुलाई फलफूल खुवाउनका साथै प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा मोरङका सहयाक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला,बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगर,वडा नं.१ का वडाध्यक्ष सोमराज कोइराला, उद्योग संगठन मोरङका उपाध्यक्ष सुवोध कोइराला ,टंकीसिनवारी जुनियर जेसिजका यस कुमार भुजेल र रोटर्याक्ट क्लव अफ विराटनगर सेन्ट्रलकी अंकिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।