Birat Post सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ कार्तिक ।
प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९६, सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५–५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३–३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएकोे छ ।

उता झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा ६, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३–३, कनकाई र अर्जुनधारामा २–२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी , भद्रपुर र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९ जनामा संक्रमण देखिएको छ ।

उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर र आमचोकमा १–१, खोटाङको दिक्तेल, रुपाकोट,मझुवागढी र बराहपोखरीमा १–१, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार १९८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार १५२ रहेको छ । आज झापाका १ महिला, १ पुरुष, मोरङका २ पुरुष, इलामका १ पुरुष र अन्य १ पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेको कुल संख्या २४५ पुगेको छ ।

प्रदेश १ मा आज ६२८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६१७, न्युरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । यस संगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८०१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४४ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल