Birat Post सोमबार, माघ २४, २०७८ मा प्रकाशित

featured photo: Birat Post

धनकुटा,२४ माघ ।

प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा धनकुटामा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । प्रेस चौतारी धनकुटाले संगठनको स्थापना दिवसको अवसर पारेर आइतबार कार्यक्रम आयोजना गरेको हो ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुबीच शुभकामना आदान प्रदान गरियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य एवं धनकुटा इञ्चार्ज नैन विश्वकर्माले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँनुपर्ने आवश्यकता औल्याए । प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचालले प्रेस चौतारी नेपाली पत्रकारहरुको अगुवा संगठन भएकाले चौतारीले सधै पत्रकारहरुको हक हितमा अग्रणी भूमिका निर्वाह गर्ने बताए । नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ्गले पत्रकारका संगठनहरुले श्रमजीबी पत्रकारहरुका समस्या र मुद्दामा गम्भीर भएर लाग्नुपर्ने खाँचो औल्याइन् । पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले पत्रकारहरुका सबै संगठनको मुख्य उद्धेश्य प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराउँनु भएकाले यसका लागि सबै पत्रकारहरु लागिपर्नुपर्ने बताए ।

प्रेस चौतारीका पूर्व अध्यक्ष एवं सल्लाहकार भेषराज कटेलले पत्रकारहरुले अरुका कमजोरी औल्याउँने मात्र नभई आफ्ना कमी कमजोरीलाई पनि सुधार्दै पेशालाई मर्यादित बनाउँनुपर्ने धारणा राखे । पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जयसन्तोषी राईले अन्याय, अत्याचारको विरोध गर्दै आवाजबिहिनको आवाजका रुपमा प्रस्तुत हुँन नयाँ पुस्ताका पत्रकारहरुलाई सुझाव दिए । प्रेस युनियनका उपाध्यक्ष विजयसन्तोषी राईले राजनीति र पत्रकारिताबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको भन्दै पत्रकारितालाई राजनीतिबाट अलग्याउँन नसकिने जिकिर गरे ।

पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले सञ्चार क्षेत्रलाई कञ्जुस्याई नगरी सहयोग गर्नुपर्ने उल्लेख गरे । पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरेले पत्रकारहरुले सामाजिक सञ्जालमा पनि सोच बिचार गरेर मात्र धारणा व्यक्त गर्नुपर्नेमा जोड दिए । फोनिजका प्रदेश अध्यक्ष सन्तबीर लामाले प्रेस स्वतन्त्रता बढ्नुको सट्टा खुम्चिदै गएको प्रति चिन्ता व्यक्त गर्दै यो बिषयमा पत्रकारहरु सचेत हुनुपर्ने बताए । प्रेस चौतारीका धनकुटा अध्यक्ष रबिन कटेलले पत्रकार महासंघमा राजनीति गर्नका लागि गैरपत्रकारलाई सदस्य बनाउँने होडवाजी अन्त्य गर्दै वास्तविक पत्रकार उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस युनियनका पूर्व अध्यक्ष यानिन्द्र तिगेला, प्रेस संगठनका पूर्व अध्यक्ष इश्वर थापा, फोनिजका अध्यक्ष विनु चेम्जोङ्ग, रेडियो मकालुका अध्यक्ष सोविस चेम्जोङ्ग र रेडियो लालिगुँरासका स्टेशन मेनेजर विदुर खवासले प्रेस चौतारीलाई स्थापना दिवसको शुभकामना व्यक्त गर्दै पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउँन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी धनकुटाका सह–सचिव माया राउतले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष विश्वराज श्रेष्ठले मन्तब्यमार्फत अतिथी र सहभागिहरुलाई स्वागत गरेका थिए ।

२०५५ माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपाल २३ बर्ष पुरा गरी २४ औं बर्षमा प्रवेश गरेको हो । धनकुटासहित देशभर विभिन्न कार्यक्रम गरेर २४ औं स्थापना दिवस मनाइएको प्रेस चौतारीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल