Birat Post बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ बैशाख ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार विराटनगरमा कविगोष्ठी सम्पन्न भएको छ ।
साहित्यकार कविराज पोखरेलको स्मृतिमा कविगोष्ठी र श्रद्धासुमन कार्यक्रम सम्पन्न भएको हो । विराटनगरस्थित हिमाल दर्शन कलेजमा आयोजित कार्यक्रममा साहित्यकार कविराज पोखरेलले नेपाली गजल, कविता र खण्डकाव्यमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले पोखरेलको गजल लेखनमा छुट्टै पहिचान स्थापित भएको उल्लेख गर्नुभयो । उहाँले विराटनगरमा बसेर काठमाडौंलाई चुनौती दिन सक्ने क्षमता साहित्यकार पोखरेलमा रहेको बताउनुभयो । त्यस्तै अग्रज साहित्यकार बलराम पोखरेलले आफ्ना गहकिलो कृतिमार्फत कविराज पोखरेल नेपाली साहित्यकाशमा बाँचिरहने बताउनुभयो । प्राज्ञ गंगा सुवेदीले सरल स्वभावका पोखरेलका सिर्जना अत्यन्तै शक्तिशाली हुने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रा.डा. मेदिनीप्रसाद शर्मा, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, उपाध्यक्ष भूषण ढुंगेल, सचिव गोकुल अधिकारी, कवि भेषराज पोखरेललगायतले साहित्यकार पोखरेलले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो । सोही अवसरमा आयोजित कविगोष्ठीमा सुमन पोखरेल, मञ्जुश्री गिरी, ममता मृदुल, प्रमोद ढकाल, रोहिणी रसिक, विनोद विवश, स्वयम्भूनाथ कार्की, राधा भट्टराईलगायतले साहित्यकार पोखरेलको स्मृतिमा कविता वाचन गर्नुभएको थियो ।

 

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल