विराटनगर,३० बैशाख ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मतदान गरेका छन् । मोरङको बुढिगंगा गाँउपालिका २ स्थित नयाँ हेल्थ पोष्टबाट उनले मतदान गरेका हुन् । निर्वाचनको दिन (आज) एक अपिल जारी गर्दै निर्वाचनलाई मर्यादित बनाउन आग्रह गरेका छन् ।