काठमाडौँ,२२ जेठ ।
मोटरसाइकलले ठक्कर दिँदा राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका नेता श्रेष्ठको उपचारको क्रममा निधन भएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१ दिक्तेल बजारमा प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। उनका अनुसार मोटरसाइकलको ठक्करपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। उनको अन्तिम संस्कार आज अपरान्ह पशुपति आर्यघाटमा हुने पारिवारजनले बताएका छन् ।