Birat Post आइतबार, जेठ २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ जेठ/

विश्व वातावरण दिवसको अवसरमा आइतबार विराटनगरमा साइकल ¥याली, सरसफाई र वृक्षारोपण गरिएको छ ।प्रदेश–१ को वातावरण तथा भूसंरक्षण मन्त्रालय, दिगो विकास, नेपाल इन्भाइरोमेन्ट सोसाइटीलगायतका संस्थाहरूसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले साइकल ¥याली, वृक्षारोपण र सरसफाई कार्यक्रम गरेको हो ।

विराटनगरस्थित हिमालय रोडबाट सुरु भएको साइकल ¥याली शनिमन्दिर, बिजुली अफिस, मुनालपथ, सोमबारेहाट हुँदै महानगरपालिका परिसरमा पुगेर समापन भएको थियो ।

साइकल ¥यालीको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभारम्भ गरेका थिए । मुनालपथमा सरसफाई गरिएको थियो भने विराटनगर वडा नम्बर २ को सोमबारे हाटमा वृक्षारोपण गरिएको थियो । सो अवसरमा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, विराटनगर वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेललगायतले वृक्षारोपण गरे ।

साइकल ¥यालीको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरमा साइकल लेनको आवश्यक भए पनि स्थान अभाव रहेको बताए । हाल सञ्चालनमा रहेका सडकमा साइकल लेन बनाउँदा साँघुरो हुने बताउँदै उनले अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए । “सञ्चालनमा रहेका अहिलेका सबै सडक छुट्टै साइकल लेन बनाउनका लागि उपयुक्त छैनन्,” कोइरालाले भने, “अन्य विकल्प खोज्नुपर्छ, मैले चुनावमा प्रतिबद्धता पनि जनाएको थिएँ, केसलिया र सिंघिया खोलामा तटबन्ध बनाउने । अब त्यहाँ बन्ने सडकमा साइकल लेन बनाउनुपर्छ ।”

 

सम्बन्धित

ताजा अपडेट
नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल