Birat Post सोमबार, जेठ २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ जेठ ।

नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा विराटनगरका काशीराज पराजुली निर्वाचित भएका छन् । उदयपुरकाको गाइघाटमा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशले पराजुलीको नेतृत्वमा प्रदेश कार्य समिति चयन गरेको हो । एमाले निकट रहेको कर्मचारी संगठनको प्रदेश कमिटि यस अघी निष्कृय रहेको थियो ।

सो अधिवेशनमा झापाकी भीमा भट्टराई र उदयपुरका फणिन्द्र विकलाई उपाध्यक्ष र सुनसरीका रेवती पोखरेललाई महासचिवमा निर्विरोध निर्वाचित भए । त्यस्तै सचिवमा मोरङका रमेश खतिवडा , झापाका राजु गिरि र ओखलढुंगाका प्रवल घिमिरे निर्वाचित भए भने कोषाध्यक्षमा झापाका ठमेन्द्र पौडेल निर्वाचित भए ।

अनिल पोखरेल,शंकर आचार्य,तारावीर खड्का,दुर्गावहादुर थापा, चन्द्रप्रकाश पोखरेल, कृष्ण रुचाल, व्यन्जना गुरुङ, कल्याणी राई, पम्फा घले, निकेश भट्टराई, प्रदिप अधिकारी, टिकाराम सुनुवार, डिल्ली नेपाल, प्रदिप चौलागाई, राम निरौला, तिलक राई र यादवप्रसाद धमाला सदस्यमा निर्वाचित भएका छन् ।

आम कर्मचारीहरुको समसामयिक ३७ वुंदे मागसहित सम्पन्न भएको अधिवेशनमा प्रदेश १ का एमाले निकट ४ सय भन्दा बढी कर्मचारीहरु सहभागि रहेका थिए । अधिवेशनको उद्घाटन एमालेका स्थायी कमिटि सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले गरेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल