Birat Post आइतबार, आषाढ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ असार ।
सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित सप्तकोशी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। बाढी आएको बेलामा कोशी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ।

चार जना युवा डुंगामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकराम बस्नेत र नितेश बस्नेतलाई सकुशल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएका विष्टको खोजी भइरहेको छ। गोताखोर टोली, प्रहरी, स्थानीयबासीले खोजी गरिरहेको छ। खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल