Birat Post आइतबार, आषाढ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ असार ।

नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको विशिष्ट लेखक पुरस्कार घोषणा गरेको छ । सङ्घको शनिबार काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको सङ्घको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले -२०८० साल बैशाख १६ गतेदेखि लेखक दिवस मनाउन सुरुवात गर्ने निर्णय गरेको छ । उक्त दिन नेपाली लेखक सङ्घका सबै प्रदेश कमिटी र जिल्ला शाखाहरूले लेखक दिवस विशेष कार्यक्रमको आयोजना गरि मनाउनु पर्ने निर्देशन दिने जनाएको छ भने केन्द्रीय समितिले पनि भव्यताका साथ लेखक दिवस मनाउने तयारीमा जुटेको छ ।

बि. सं.१९८७ सालमा निरंकुश राणा शासनको विरुद्ध संगठीत हुन् सुरु गरिएको पुस्तकालय अभियानमा राज्यका तर्फबाट भएको ज्यादतीलाई पुस्तकालय पर्वका नामले परिचित छ । नेपालमा राजनीतिक दलहरू खोल्नुपूर्व नै सचेत जनस्तरबाट संगठीत भएर निरंकुश शासक विरुद्ध यो नै सिर्जनात्मक चेतको पहिलो बिद्रोह थियोे ।

यस अभियानको क्रममा बि.सं. १९८७ बैशाख १६/ १७ गते राज्य द्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यका तर्फबाट विभिन्न मुद्दा लगाइ, दण्ड जरिवाना र जेल चलान गरेको थियोे । स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऎतिहासिक दिनलाई नेपाली लेखक सङ्घले लेखक दिवस मनाउने निर्णय गरेको हो ।

उक्त दिवसकै अबसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षयकोष स्थापना गर्न सङ्घले आफ्नोतर्फबाट रकम संकलन गर्न सुरु गरेको हो । सो पुरस्कार प्रदान गर्न अक्षय-कोषका लागि कार्यसमितिको तर्फबाट मात्रै छ लाख बराबरको रकम संकलन भएको छ ।

सुरुवातमै निकै उत्साहपूर्वक स्वत-स्फुर्त रकम संकलन भएको यो अक्षयकोषमा आगामी दिनमा पनि विभिन्न संघ संस्था र व्यक्तिहरूबाट रकम संकलन गरि कोषमा कम्तीमा २० लाख बराबरको मूलधन पुर्याउने संकल्प रहेको नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उद्घोष गर्नुभएको छ । उहाँका अनुसार यो पुरस्कार वितरण गर्न नेपाली लेखक सङ्घले एक कार्यविधि निर्माण गरि स्रष्टाहरूबाट स्रष्टाहरूको लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने समेत जनाउनु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल