Birat Post बुधबार, साउन २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

पारस राई

धरान,२५ साउन ।

धरानमा बजार अनुगमन सुरु गरिएको छ । ईलाका प्रशासन कार्यालय धरानको अगुवाईमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, ईलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयूक्त रुपमा वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो ।

उनिहरुले माछाभौडी बजार क्षेत्रमा रहेका भेटनेरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए । प्रशासन ईलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरिएको बताए । उनले धरान उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमार्फत यो आजदेखि सन्देशमुलक अनुगमन सुरु गरिएको जनाए ।

उनले आज पनि किराना पसलमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु विक्री गर्न राखिएको भेटिएको बताए । उक्त म्याद गुज्रेको अखाद्य वस्तु र कुहिएको फाल्न लगाईएको उनले बताए । मासु अर्को पटक पनि अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु उपभोक्तालाई बिक्री वितरण गरेको पाईएमा प्रचलित कानुन अनुसार जरिवानासहित कारबाही गरिने उनले बताए ।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तुलाई एक्स्पायर जोन बनाएर राख्न, व्यवसाय दर्ता तथा मूल्यसूची उपभोक्ताले देखिने स्थानमा अनिवार्य टाँस गर्न निर्देशन दिइएको भट्टराईले बताए ।

 

 

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल