काठमान्डौं ,६ असोज ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने र नलिने भन्नेमा दुई धार निर्माण भएको थियो ।
अन्तत दुवैको पक्षको सहमतिमा विप्लव नेतृत्वको नेकपा चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । पार्टी उच्च स्रोतका अनुसार सरकारले चुनावमा जाने वातावरण नबनाएको र कार्यकर्तालाई दु:ख दिने काम गरेका कारण चुनाव बहिष्कारको चरमा पुगेको हो ।