विराटनगर,२३ असोज ।
सत्ता गठबन्धनबाट मोरङ निर्वाचन क्षेत्र नं ५ (ख)बाट प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मनोनयन दर्ता गराएका छन् । लोकप्रिय छबी बनाएका उनी यसपटक प्रदेशसभामा उम्मेद्वारी दिएका हुन् । पार्टीको भावना अनुरुप आफु निर्वाचनमा होमिएको उनले बताए । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार दिने क्रम जारी रहेको छ ।