Birat Post बुधबार, आश्विन २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ असोज ।

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव बर्खास्तीमा पर्ने सम्भावना बढेको छ । नेकपा एमालेसँग गठबन्धन गरेर चुनावी अभियानमा होमिएको जनता समाजवादी पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने सत्ता गठबन्धनको केन्द्रीय निर्णय सगै प्रदेश सरकारका मन्त्रीहरु हटाइन लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा रहेका जसपाका चार मन्त्रीलाई बर्खास्त गर्ने लगभग निश्चित भएको छ । प्रधानमन्त्रीले संघीय मन्त्रीलाई बर्खास्त गरेसंगै प्रदेश १ सरकारका मन्त्री यादवलाई पनि बर्खास्त गरिने छ । प्रदेश १ मुख्यमन्त्री स्रोत भन्छ, केन्द्रीय निर्णय पर्खेर बसेका छौ ।

यादव २०७८ कार्तिक १६ गते बनेको राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा सोही दिन सामाजिक विकास मन्त्री नियुक्त भएका थिए । पछि मन्त्रिपरिषद् पुनःगठन भएसँगै उनी पुनः २०७८ माघ २३ गते स्वास्थ्यमन्त्री बनेका थिए । आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि क्षेत्र न.५ (ख) बाट नेकपा एमालेको समर्थनमा यादव उम्मेद्वार बनेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल