Birat Post बुधबार, आश्विन २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ असोज /

विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताए । उनले स्वाथ्यचौकीलाई अस्पतालका रुपमा चाँडै स्तरोन्नति गरिने जानकारी दिए । सामान्य रोगका बिरामीको उपचार स्वास्थ्यचौकीबाट हुने व्यवस्था मिलाउने उनको भनाइ थियो ।

कोइरालाले सुगर, हेमोग्लोबिन, ब्लड ग्रुपिङलगायतका सेवा निःशुल्क उपलब्ध गराउनेसमेत जानकारी दिए । मेयर कोइरालाले ज्येष्ठ नागरिकको घर–घरमा गएर निःशुल्क स्वास्थ्य जाँच गर्ने योजनासमेत सुनाए । उनले दीर्घरोगबाट पीडित ज्येष्ठ नागरिकको पहिचान गरेर महानगरले घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । कार्यक्रममा विराटनगर वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेले स्वास्थ्य चौकीलाई भौतिक रुपमा सुविधा सम्पन्न बनाउने बताए ।

त्यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले प्रयोगशालाबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तह नजिकको सिंहदरबार भएकाले जनताका अपेक्षाअनुसार यसरी स्वास्थ्यचौकीहरूबाट सेवा उपलब्ध हुनु खुसीको कुरा भएको बताए ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, पूर्ववडाध्यक्ष बद्रीनाराययण सरदार, समाजसेवी बलबहादुर खवास, नेकपा माओवादी केन्द्रका स्थानीय शिवनारायण थनदारलगायतले यसअघि सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरलाई सुचारु गर्न एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले स्वास्थ्य चौकीबाट बुधबारदेखि नै हेमोग्लोबिन, ब्लड गु्रपिङ र सुगरको निःशुल्क जाँच सुरु भएको उल्लेख गरे । स्थानीयको माग र आवश्यकताअनुसार अन्य सेवा पनि थप्दै जाने अलिले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल