Birat Post बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ कात्तिक । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालले पार्टीेले पाँच वर्षभित्रमा नेपाली किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी गरेको बताएका छन् ।

चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताए । मल, बिऊ, मूल्य र बजारका समस्या रहेको बताउँदै उनले ती समस्या समाधान गर्दै उत्पादित बस्तुको मूल्य र बजारको ग्यारेन्टी एमालेले गर्ने बताए ।

एमालेको सरकार बन्यो भने कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने, युवालाई कृषिमा लाग्ने वातावरण सिर्जना गर्ने, कृषकको जीवनस्तर उकास्दै कृषिमा देशलाई आत्मनिर्भर बनाउँने एमालेको लक्ष्य र कार्यक्रम भएको उनले बताए । उनले भने ‘यो क्षेत्र कृषिमा आधारित क्षेत्र हो । त्यसैले एमालेको नीति अनुसार यस क्षेत्रका किसानको जीवनस्तर उकास्न मैले गर्नुपर्ने सबै कार्य गर्नेछु ।’

समयमै मल, बिऊ उपलब्ध गराउँने कृषकहरुलाई आधुनिक कृषिको ज्ञान, सीप दिलाउने, कृषिमा यान्त्रिकरण गरेर उत्पादन बृद्धि गर्ने, उत्पादित वस्तुको मूल्य र बजारको ग्यारेन्टी गर्ने कार्य पाँच वर्षमा सकेर किसानको जीवन परिवर्तन गर्ने उनको भनाइ थियो । उनले भने ‘एमालेले जब–जब अवसर पाएको छ, काम पनि गरेको छ ।’ एमाले देश बनाउँने भिजन र काम गर्ने योजना भएको पार्टी भएकाले एमालेलाई यसपटकको निर्वाचनमा बहुमतसहित विजयी गराउन ढकालले मतदातालाई आग्रह गरे ।

 

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल