Birat Post बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ कार्तिक ।

मोरङ क्षेत्र नं ६ (२) का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले जनताका बीचमा बसेर काम गर्ने जनप्रतिनिधि छान्न मतदातालाई आग्रह गरेका छन् ।
बस्नेतले आउँदो आमनिर्वाचनमा आफ्नो गाउँ ठाउँमा बसेर सुख दुखमा साथ दिने जनप्रतिनिधि छान्न आग्रह गरेका हुन् । उनले नेकपा एमालेले देशको विकासको स्पष्ट खाका कोरेको भन्दै एमालेको नीति तथा नेतृत्वमा सरकार बनाउन सहयोग गर्न अपिल गरे ।

उनले देशमा अधिकारको लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी एमाले भएको बताउँदै उनले महिलाको हक अधिकार एमालेलेमात्र स्थापित गराउँने बताए । उनले भने ‘अहिलेसम्म अमेरिकाले त महिला राष्ट्रपति बनाउन सकेको छैन्, नेपालमा एमालेले महिलालाई राष्ट्रपति बनायो । यसबाट एमाले समानता र अधिकारका लागि कति प्रतिबद्ध छ भन्ने स्पष्ट हुन्छ ।’

समृद्धि, पारदर्शिता, राजनीतिक स्थायित्वको पक्षमा एमाले भएकाले अहिले एमालेमा जनलहर बढको बताउँदै बस्नेतले आगामी निर्वाचनमा ढुक्क भएर एमालेलाई मतदान गर्न बस्नेतले अनुरोध गरे । उनले नेपालमा सबैभन्दा उत्तम पार्टी एमाले भएकाले एमालेको सरकार बन्यो भने अधुरा कामहरु पूरा गर्ने र नयाँ परियोजनाहरु कार्यन्वयन गर्न सजिलो हुन्छ ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल