Birat Post बिहिबार, पुष १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१४ पुष । 
इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने तीन पुरस्कारको घोषणा गरेको छ । गुठीले यस वर्षको डा. विमला श्रेष्ठ साहित्य पुरस्कार नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. राजेन्द्रप्रसाद अधिकारीलाई, यसै गरी गुठीले यस वर्षको ओम- इन्द्रमोहन स्मृति गीत सङ्गीत पुरस्कार गीत सङ्गीतको क्षेत्रमा दिएको योगदानका लागि गायक कलाकार दीपक खरेललाई र ओम- इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार, पत्रकारिताको क्षेत्रमा दिएको योगदानका लागि पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।                                                                              तिन स्रष्टालाई चार दशक भन्दा बढी समयदेखि दिएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त तिनै पुरस्कारको राशि जनही २१ हजार रहेको छ । कवि अधिकारीका खै!के हाँस्नु ? आयान कुर्दी, आजको आकाश लगायतका कृति प्रकाशित छन्। कलाकार खरेलका तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा, प्रतीक्षा गर मेरी मायालु , यो कर्मभूमिको आँगनमा, बादल बनाई देऊ, म आकार बदल्न सकूँ जस्ता गीतहरू प्रसिद्ध छ्न् । पत्रकार भण्डारी विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकका सम्पादक हुन् । गुठीका प्रमुख संरक्षक डा.विमला श्रेष्ठको उपस्थितिमा गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।                                                                                                       गीत सङ्गीत र पत्रकारिता पुरस्कारको संस्थापक स्व. ओमकार श्रेष्ठ र साहित्यिक पुरस्कारको संस्थापक डा. विमला श्रेष्ठ हुनुहुन्छ । पुरस्कार आगामी फाल्गुन महिनामा समर्पण गरिने छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल