Birat Post मंगलबार, पुष २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ पुष /

आन्तरिक आयलाई बलियो बनाउने अभियानमा लागेको विराटनगर महानगरले वडा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।
कर संकलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले हरेक वडाबाट एक–एक जना वडा सदस्यलाई सम्पर्क व्यक्ति (फोलक पर्सन) तोकिएको छ । वडा कार्यसमितिको सिफारिसका आधारमा महानगरले वडा सदस्यहरूलाई सम्पर्क व्यक्ति तोकेको हो । उनीहरूले चार वर्षसम्म कर अभिवृद्धिका लागि वडामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ । सम्पर्क व्यक्तिका रुपमा तोकिएका वडा सदस्यहरूलाई महानगरले पहिलो चरणको अभिमुखीकरण तालिम दिएको हो । “व्यवसाय दर्ता, नवीकरण, बहाल, सम्पत्तिलगायतका करहरू संकलन गर्न उहाँहरूले समन्वय गरिदिनु हुनेछ,” महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले भने, “सम्पर्क व्यक्तिको नेतृत्वमा कर्मचारीहरू कर संकलन अभियानमा लाग्नुहुनेछ ।”

वडामा करसँग सम्बन्धित कुनै समस्या आए सम्पर्क व्यक्तिले महानगरसित समन्वय गरेर समाधान गर्नेछन् । बढीभन्दा बढी कर संकलनका लागि सम्पर्क व्यक्तिहरूले समन्वय र सहजीकरण गर्ने छन् । अभिमुखीकरणमा मेयर नागेश कोइरालाले आन्तरिक आय बलियो नबनाएसम्म विराटनगरवासीको विकासको चाहना पूरा नहुने बताए । “जनतामा विकासको चाहना धेरै छ,” उनले भने, “तर आम्दानी सीमित भएकाले हामीले जसरी पनि आम्दानी बढाउनुपर्छ ।” महानगरले करको दर वृद्धिभन्दा दायरालाई फराकिलो बनाइरहेको मेयर कोइरालाको भनाइ थियो । सरसफाईसँगै कर संकलनमा महानगर निर्मम रुपमा लागिपरेको मेयर कोइरालाले बताए । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्य पूरा गर्न कर संकलनलाई अभियानकै रुपमा सञ्चालन गरिएको मेयर कोइरालाले बताए ।

उपमेयर शिल्पा निराला कार्कीले पनि वडामा करका स्रोतबारे सम्पर्क व्यक्तिहरूले पहिचान गर्नुपर्नेमा जोड दिइन् । उनले वडामा घरनक्सा पास भए–नभएको, व्यवसाय दर्ता तथा नवीकरण भए–नभएको सम्बन्धित वडाबाट निर्वाचितलाई बढी जानकारी हुने भएकाले वडा सदस्यलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी दिइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णप्रसाद कोइरालाले सम्पर्क व्यक्तिहरू जिम्मेवार भएर लागेमा महानगरले लिएको कर संकलनको लक्ष्य पूरा हुने बताए । उनले विराटनगरमा ६० प्रतिशतभन्दा बढीले नक्सा पास नगरी घर बनाएको दाबी गरे ।

अभिमुखीकरणमा वडा नम्बर २ अध्यक्ष कुमार पोखरेल, ७ का मधुबाबु तिवारी, महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामाजिक विकास महाशाखा प्रमुख राजेन्द्र प्रधान, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतको उपस्थिति रहेको थियो । सम्पर्क व्यक्तिहरूका लागि विषयविज्ञलाई बोलाएर दोस्रो चरणको अभिमुखीकरण पनि सञ्चालन गर्ने भएको छ । महानगरले विराटनगरमा कर संकलन विशेष अभियान सञ्चालन गरिरहेको छ । गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल