Birat Post शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ माघ/ विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा ४४ जना प्रतिस्पर्धीलाई पछि पर्दै एन्जल राई प्रथम भएकी छन् । कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार आयोजना गरेको कविता प्रतियोगितामा ‘विद्यमान मेरो देश’ शीर्षकको कविता वाचन गरेर राई प्रथम भएकी हुन् ।

त्यस्तै ‘मेरो देशको राजनीति’ शीर्षकको कविता वाचन गरेर रितेश भट्टराई द्वितीय र ‘इजन दिस लभ’ शीर्षकको अंग्रेजी भाषाको कविता वाचन गरेर स्मृति मल्लिक तृतीय भए । त्यस्तै मनिषा भगत, डोरिक मण्डल र समीक्षा चौहानले सान्त्वना स्थान हासिल गरे । युवा साहित्यकार एवं पत्रकार मीनकुमार नावेदित र अंग्रेजी साहित्यकार प्राध्यापक डा. विमलकिशोर श्रीवास्तकको निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नाम घोषणा गरेको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले छोटो सूचनाका आधारमा यति धेरै विद्यार्थीको सहभागिता हुनु खुसीको कुरा भएको बताए । उनले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई कलेजले उच्च प्राथमिकता राखेको उल्लेख गरे । कार्यक्रममा प्रमुख निर्णायक नवोदितले विद्यालय र कलेजस्तरदेखि नै साहित्यप्रति विद्यार्थीको अभिरुची वृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले साहित्यले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै नवोदितले शिक्षादीप कलेज हरेक वर्ष कविता प्रतियोगिता आयोजना गर्नु सकारात्मक भएको बताए । सो अवसरमा कलेजका निर्देशक शंकर भट्टराई, भूपी दाहाल, वसन्त बस्नेत, ऋतुराज रेग्मीलगायतले मन्तव्य व्यक्त गरे ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल