Birat Post शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ माघ/ विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ विमोचन गरिएको छ । काली मन्दिर व्यवस्थापन समितिले आज आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘प्रतिविम्बमा खाली मन्दिर’ नामक ग्रन्थको विमोचन गरे ।

विमोचित ग्रन्थका विषयमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी र प्राध्यापक तथा समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । विमोचन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सबै क्षेत्रको समुचित विकासले मात्रै समग्र विराटनगरको विकास हुने धारणा राखे ।
उनले भाषा, साहित्य, धर्म, संस्कृति र कलाको विकासले मात्रै समाजको दिगोको विकास हुने उल्लेख गरे ।

विराटनगरभित्र रहेका सबै धर्म र समुदायको संरक्षणमा महानगर गम्भीर रहेको मेयर कोइरालाको भनाइ थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए । ग्रन्थमा मन्दिर स्थापनादेखि हालसम्मको अवस्था समेटिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल