Birat Post बिहिबार, फाल्गुण ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,४ फाल्गुन ।

लघुकथामा नौलो अभ्यास ‘विलोम’को पहिलो अभ्यास सम्पन्न भएको छ । लघुकथाकार त्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत पहिलो अभ्यास फागुन ३ गते सम्पन्न गरिएको हो । नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउनु यस वि लो म अभियानको उद्देश्य हो ।

सोही उद्देश्य अनुरूप पहिलो भेटघाट अग्रज लघुकथाकार, कवि एवम् सुप्रशिद्ध नाट्यकर्मी अशेष मल्लसँग उहाँकै निवासमा गरिएको हो ।
लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा पहिलो कुराकानी अन्तर्गत श्री मल्लसँग झण्डै दुई घण्टा लघुकथा के हो र कस्तो हुनुपर्छ भन्ने देखि लघुकथा लेखनमा देखापरेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध पक्ष बारे र उहाँको लघुकथा लेखनका अनुभूति बारेमा पनि विस्तृत कुराकानी गरिएको थियो ।

लघुकथाको ऐतिहासिकता उन्खनन एवम् लघुकथाको बढ्दो लोकप्रियतालाई दृष्टिगत गर्दै यसको स्तरीयता कायम राख्नका लागि यस किसिमको अभ्यासबाट सहयोग पुग्ने यसका अभियन्ताहरूको धारणा रहेको छ । उहाँलाई वि लो म लेखिएको साङ्केतिक चिह्न पनि प्रदान गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल