Birat Post शनिबार, फाल्गुण ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,६ फाल्गुन

आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि दोस्रो जित निकालेको छ।

शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो।

नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङ खेले।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो। नामिबियाका लागि जान ग्रिनले ७५ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन्।

यस जितसँगै नेपालले २७ खेलमा २४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल