Birat Post आइतबार, फाल्गुण ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ फाल्गुन ।
नेपाल विद्वत परिषदले प्रजातन्त्र खतरामा परेको निष्कर्ष निकालेको छ । हिन्दू तथा राजसंस्था अपरिहार्यतका विषयमा उठान गर्दै आइरहेको परिषदले यस्तो निष्कर्ष निकालेको हो । आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष जीतबहादुर अज्र्यालले राजा त्रिभूबन शाहको सहयोगमा स्थापित प्रजातन्त्र खतरामा परेको बताए ।

शाह बंशहरु राजा त्रिभूबन हुदै राजा महेन्द्र र वीपीको मेलमिलापको नीति हुदै शान्तिबादी राजा बिरेन्द्र शाहले खेलेको भुमिका प्रति देशी ,विदेशी तत्वलाई मन नपरेको बताए । त्यही कारण दरबार हत्याकाण्ड देखिका विभिन्न प्रपन्चका घटना नेपालमा घटिरहेको बताए । राजा ज्ञानेन्द्र शाहको जनप्रेम र देशप्रेमका कारण देशमा शान्ति स्थापना भएको भन्दै उनले जनधनको क्षति रोकिएको बताए । दलका केही नेताहरु राजा संगको सहमति तोडेर जनभावना विपरित काम गरिरहेको आरोप अज्र्यालले लगाए ।

यस्तै नेपाल विद्वत परिषदका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहालले शिर्ष दलका केही नेताहरुको नीजि स्वार्थका कारण नेपालको बास्तविक पहिचान खतरामा परेको बताए । दलहरुमा घमण्ड यथाबत रहिरहे कसैले थेग्न नसक्नेगरी देश विखण्डनमा जान सक्ने उनको भनाइ थियो ।

देश बचाउन सक्ने युवा विदेश पठाइएको र मुख्य मेरुदण्डकारुपमा रहेको राजासंस्थालाई पाखा लाउने प्रपन्च रचिदा देशले गति लिन नसक्ने उनले बताए । राजसंस्था रहन्जुलेल विदेशीको नजरबाट सम्मानित नेपाल आज धर्मविहिन अवस्था पुगेको भन्दै उनले न्यायको आन्दोलन थाल्न आबश्यक भइरहेको बताए । परिषदका जिल्ला अध्यक्ष पुष्पराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राष्ट्रवादी तथा धार्मिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल