Birat Post मंगलबार, फाल्गुण ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,९ फागुन । राष्ट्रपति पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भएको भेटमा लोसपा अध्यक्ष ठाकुरसहितको टोलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र सो पदमा ठाकुर उपयुक्त व्यक्ति भएको प्रस्ताव गरेको हो।

लोसपा नेता शरदसिंह भण्डारीले भने, “राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने प्रधानमन्त्रीजीको कुरामा अध्यक्ष महन्थ ठाकुर पनि उपयुक्त पात्र र उपयुक्त व्यक्तित्व हुनुहुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका छौँ।”

अध्यक्ष ठाकुरको नाम प्रस्ताव गरिएको उल्लेख गर्दै उनले भने, “उहाँको नाममा सहमतिका लागि प्रयासका निमित्त प्रधानमन्त्रीजीलाई आग्रह गरेका छौँ।”

निर्वाचन आयोगले राष्ट्रपति उम्मेदवारको मनोनयन मिति फागुन १३ गते तय गरेको छ। निर्वाचनको मिति नजिकिएसँगै दलहरुबीचमा राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल तीव्र बनेको छ। हिजो मात्र नेकपा एमालेले राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम प्रस्ताव गरेको छ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल