Birat Post आइतबार, फाल्गुण १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

धनकुटा, १४ फागुन ।
धनकुटाको उत्तरपानी स्थित बहुप्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रमहरु थपगर्न विज्ञहरुले सुझाव दिएका छन । धनकुटा नगरपालिका १० उत्तरपानीमा २०४० सालदेखी सञ्चालन भैरहेको बहुप्राविधिक विश्वविद्यालयलाई कृषीमा मात्र सिमित नराखी शैक्षिक कार्यक्रमहरु थप गरेर साँच्चैको बहुप्राबिधिक विश्वविद्यालय बनाउन विज्ञहरुले सुझाव दिएका हुन ।

हाल उत्तरपानीमा कृषी र पशुुपालन सम्बन्धी प्रि डिप्लोमा सम्बन्धी कार्यक्रम मात्र सञ्चालन भैरहेको छ । तर स्तरबृद्धि गरेर शैक्षिक कार्यक्रम थप गरेमा उत्तरपानी साँच्चैको बहुप्राविधिक शिक्षालय हुने बिज्ञहरुको सुझाव छ । मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा शुभाषश्री पोखरेलले सिभिल ईन्जिनियरिंड र आँखा सम्बन्धि स्नातकतहको कार्यक्रम थप गरेमा उत्तरपानी कृषीको मात्र नभएर साँच्चैको समय र भुगोल सुहाउँदो बहुप्राविधिक शिक्षालय हुने बताए ।

शिक्षालयको अनु्गमनपछि उपकुलपति पोखरेललले सुझाव दिए । कृषीमा मात्र सिमित नभएर स्नातकतहका विविधकार्यक्रम थप गरेमा स्थानिय तहमै दक्ष जनशक्त्ति तयार हुने र उनीहरुले आफनै क्षेत्रमा योगदान दिने अवसर प्राप्त हुने उपकुलपति पोखरेलले बताए । उनले भने ‘अब कृषीको सिमित कार्यक्रमले मात्र पुग्दैन सिभिल र अन्य कार्यक्रम थप गर्न चाहने भए उत्तरुपानी शिक्षालयलाई हामी सहयोगगर्न तयार छौ ।,

उपकुलपति पोखरेलले देशमा गफगर्ने हैन गरिखाने जनशक्त्तिको खाँचो रहेकोले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको बताए । उनले गरिखाने जनशक्त्ति उत्पादन गर्नका लागि कृषी क्षेत्रमापनि उत्तरपानी शिक्षालयलाई मनमोहन आंगिक क्याम्पस बनाउन सहयोग गर्ने सुनाए । उत्तरपानीमा २०४० सालमा स्थापनाभएको बहुप्राविधिक शिक्षालयले हालसम्म कृषी सम्बन्धि बिद्यालय स्तरको जनशक्त्तिमात्रै उत्पादनगर्दै आइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल