Birat Post मंगलबार, फाल्गुण १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ फागुन /

विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् ।

गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन सुरु गरिएको थियो । तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो । विभिन्न चरणका बैठकको निर्णयअनुसार सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । “हामी कर्मचारीले नेतृत्वको योजना र निर्देशन कार्यान्वयन गर्ने हो,” प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, “सरसफाई, पार्किङ र तार व्यवस्थापनसँगै कानुनविपरीत निर्माण गरिएका संरचना हटाइरहेका छौं ।”

म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको कोइरालाले बताए । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर नागेश कोइरालाले बताउँदै आएका छन् । महानगरको अभियानमा साथ दिन विराटनगरवासीलाई मेयर कोइरालाले आग्रहसमेत गरे । महानगरले उज्यालो महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सडकबत्ती जडानसमेत धमाधम भइरहेको छ । आन्तरिक आयलाई बलियो बनाउन महानगरले कर संकलनलाई पनि तीव्रता दिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल