Birat Post सोमबार, फाल्गुण २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ फागुन

विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा सहलेस युवा क्लब सिराहा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिराहा सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा धकेलिएको थियो । जितको लागि सिराहाका यानिक, नविन न्यौपाने, डेनियल, स्यानगियो,निश्चल ठाकुरी र दिपसन राईले गोल गरेका थिए । सिरहाका निश्चल लामाको प्रहार साइनोका गोलकिपर प्रज्वल श्रेष्ठले उत्कृष्ट बचाए ।

फोफोनाको प्रहार बाहिरियो । साइनको तर्फबाट असिम राई,सन्जय धिमाल, सागर खड्का, कोमल खवास र सुमन मगरले गोल गरेका थिए । साइनको सागर विक, दोर्जे तामाङ्ग र दिवेश मगरको प्रहार सिरहाका गोलकिपर सागर मगरले उत्कृष्ट सेभ गरिदिएर टिमलाई समिफाइनलमा पुर्‍याए । उनै गोलकिपर मगर खेलको म्यान अफ द म्याच घोषित भए ।

घरेलु दर्शकको साथ पाएको साइनोले खेल सुरु भएको एक मिनेटमै सन्जय धिमालले गोल गरे । खेल सुरू भएको एक मिनेटमै गोल भएपछि सिराहा दबाव परेको थियो । पहिलो गोल खाएपछि सिराहले आक्रामक शैली अपनाएको १८ औं मिनेटमा विदेशी खेलाडी यानिकले गोल गरेपछि खेल बराबरीमा ल्याए । सिराहाका सुदिप मगरले निकालिदिएको क्रस पासलाई यानिकले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सिराहाले पहिलो हाफमा यानिकले आधा दर्जन गोल गर्ने अवसर चुकाए । ३८ औं मिनेटमा पेलान्टि एरियादेखि यानिकको प्रहार बाहिरदा पहिलो हाफमा दोब्बर पार्ने अवसर गुमाएको थियो । दोस्रो हाफदेखि सिराहाले आक्रमक खेल पस्कियो । अन्त्यतिर सिराहाका यानिकले प्रहार गरेको बलमा पोस्ट बाधक बनेपछि जित हात पार्न सडनडेथ कुर्नुपर्‍यो । मंगलबारको खेल गाईघाट फुटबल क्लब उदयपुर र विरगंज युनाईटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल