Birat Post बिहिबार, चैत्र ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२ चैत । नेपाल सोझै एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । आईसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत आजको अन्तिम खेलमा युएईमाथि डीएलएस मेथडका आधारमा ९ रनकाे जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा वर्षाका कारण रोकिएपछि डिएल मेथडमा नेपालले वाजी मारेको हो । योसँगै सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग -२ को शीर्ष तीनभित्र पर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने भएको छ ।

विशाल लक्ष्य पछ्याउँदा खराव सुरुवात गरेको नेपालका लागि युवा व्याटर भीम सार्कीले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनको यो करिअरको दोस्रो अर्धशतक हो । यसअघि युएईविरुद्ध नै पहिलो अर्धशतक प्रहार गरेका थिए ।  त्यस्तै, आरिफ शेखले ५२ रन, कुशल भुर्तेलले ५० रनमा पवेलियन फकिँदा गुल्सान झा अर्धशतक प्रहार गर्दै अविजित रहे । उनको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो । उनले युएईका मोहम्मद वासिमलाई एकै ओभरमा २० रन प्रहार गरेका थिए । जुन नेपालको विश्वकप ग्लोबल छनोट यात्राको लागि महत्वपूर्ण ओभर रह्यो ।

त्यसअघि नेपालका ओपनर आशिफ शेख, कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल पनि सस्तैमा समेटिएका थिए । बलिङतर्फ युएईका जुनैद्ध सिद्दिक सर्वाधिक तीन विकेट तथा आयान अज्फल खानले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियाे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो ।

युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे । कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौकाको मद्धतमा ९४ रनको योगदान दिए ।

त्यस्तै यूएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए । सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजबंशी र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले आजको जितसँगै नामिबियालाई पछि पार्दै लिग- २ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । नेपालले ३६ खेलबाट ४० अंक जोड्यो। नामिबियाको ३९ अंक मात्र छ । नेपालको जितले भने नामिबियाले क्वालिफायर प्लेअफ खेल्नुपर्ने भएको छ। साथै एकदिवसीय मान्यता पनि गुमाएको युएईले पनि क्वालिफायर प्लेअफ खेल्नुपर्ने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल