Birat Post बिहिबार, चैत्र ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ चैत । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई २–० गोलले निराश बनाउँदै सिरहा फाइनलमा पुगेको हो ।

जितसँगै सिरहाले शनिबार हुने फाइनलमा धु्रवतारा स्पोर्टिङ्ग क्लब झापासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । सिरहालाई फाइनल पुर्‍याउन अब्दुला, बिनु आलेमगर र सिद्धान्त लामाले गोल गरेका थिए ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पहिलोहाफसम्म गोलरहित खेल बराबरी भयो । खेल सुरू भएको १५ औं मिनेटमा सिरहाका अब्दुलाले डिबक्सभित्रको वानटच वल बाहिरियो । गाईघाटका दिपक मगरले २५ यार्डनजिकबाट ३९ औं मिनेटमा गरेको प्रहार बाहिरदा सेमिफाइनबाट घर फर्किनुपर्‍यो ।

दोस्रो हाफदेखि सिरहाले आक्रमक खेल पस्कियो । ४४ औं मिनेटमा सिरहाका विदेशी खेलाडी अब्दुलाले गोल गरी टिमलाई अग्रता दिलाए । सिद्धान्त लामाले डिबक्सभित्रबाट निकालिदिएको पास अब्दुलाले गोलमा परिणत गरेका थिए ।

६२ औं मिनेटमा बिनु आलामगरले उत्कृष्ट फिनिसिङ गरे । उनले बल नियन्त्रण गर्ने क्रममै गाईघाट निमछिरिङ्ग शेर्पालाई पन्छाएपछि आकर्षक गोल गरी अग्रता दोब्बर बनाएका थिए । ६४ औं मिनेटमा अब्दुलाले पाएको तेब्बर गर्ने अवसर भने उपयोग गर्न सकेनन् । उनले सिद्धान्तको क्रसमा गरेको हेडरमा उदयपुरका किपर शेर्पाले उत्कृष्ट बचाउ गरे ।

खेलको ७४ औं मिनेटमा सिद्धान्त लामाले गोल गरी ३–० ले टिमको जित सुनिश्चत गरे । बिनु आलेमगगरले डिबक्सभित्रबाट निकालिदिएको क्रस पासलाई सिद्धान्तले गोलमा परिणत गरेका थिए ।

खेलको अन्त्यतिर राम्रो प्रदर्शन गरे पनि गाईघाटले गोल गर्न सकेन । दिपक मगरको फ्रिकिकमा ७५ औं मिनेटमा पोस्टनजिक दिपकले बल छुन सकेको भए सान्तवना गोल फर्काउने थिए । त्यसअघि सिरहाका अब्दुलले अग्रता बढाउने मौका गुमाइसकेका थिए । गाइघाटका दिपक मगरले ७२ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरैबाट हानेको बलमा भने सिराहाका गोलकिपर निश्चल मोक्ताङ्गले राम्रो बचाउ गरेका थिए ।

पछि परेको गाइघाटले खेलमा फर्किन अनेकौं प्रसास गर्दा ७९ औं मिनेटमा दिपकले गरेको प्रहार बाहिरियो । दिपकले यसअघि बारम्बार पाएको गोल गर्ने अवसर चुकाएका थिए । खेलको म्यान अफ द म्याच सिरहाका बिनु आले मगर घोषित भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल