Birat Post बिहिबार, चैत्र ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ चैत / कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कवितासङ्ग्रहमाथि विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले बिहीबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको विमर्श कार्यक्रममा कवि साहित्यकारहरुले कवितासङ्ग्रहमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कवितासङ्ग्रह पठनीय भएको बताएका थिए । कवि रमेश सायनले सहजीकरण गरेको कार्यक्रममा समालोचकसमेत रहेका सुवेदीले नारी संवेदनामा आधारित स्नेहयात्मक विद्रोही भएर कविता रचना गरेकाले जीवन, समाज र प्रकृतिलाई सुन्दर रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।

प्राज्ञ विवश पोखरेलले सङ्ग्रहमा ग्रामीण जनजीवनका भाव र विम्बलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताए । कवि शुभलक्ष्मी लम्सालले सङ्ग्रहमा नारी विद्रोहलाई सुन्दर रुपमा प्रस्तुत गरिएको उल्लेख गरिन् । पत्रकार न्यौपानेले नयाँ विम्ब र प्रतीकको प्रयोगले कवितासङ्ग्रह सुन्दर भएको दाबी गरे ।

कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कवि राधिका गुरागाईं, सविता गौतम दाहाल, दीपक शम्चु र दीपा दाहालले सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए । कवि जङ्गलले पुरुषको तुलनामा महिलाहरु अहिले पनि स्वतन्त्र नभएकाले यो कवितासङ्ग्रहको नाम आधा शिर उचालेर नाम राखिएको प्रस्ट पारिन् । उनले सङ्ग्रहबाट कवितासमेत वाचन गरेकी थिइन् । सङ्ग्रहमा विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका ३४ वटा कविताहरु संग्रहित छन् ।

सम्बन्धित

ताजा अपडेट
महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच शिविर
विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा भुटान र नेपाल पुलिस भिड्दै
नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको थम्पसनको स्पष्टोक्ति

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल