Birat Post शनिबार, चैत्र ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,४ चैत

पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो ।

जितको लागि झापाका गौरव धिमालले दुई गोल र प्रविण राईले एक गोल गरेका थिए । सिरहाको तर्फबाट बिनु आलेमगर र विधान लामाले गोल गरे । उपाधिसँगै झापाले २ लाख ११ हजार रुपैयाँ पायो । उपबिजेता सिरहाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझायो ।

खेल सुरू भएको १६ औं मिनेटमा झापाका गौरव धिमालले गोल गरी अग्रता दिलाए । वादल तमाङ्गले निकालिदिएको क्रस पासलाई गौरवले गोलमा परिणत गरे । ३७ औंं मिनेटमा झापाका प्रविण राईले गोल गरी दोब्बर बनाए । विक्रम राईले निकालेको पास प्रविणले जाली चुमाए ।
दोस्रो हाफदेखि सिरहाले आक्रम खेल पस्कियो ।

५० औं मिनेटमा सिरहाका बिनु आले मगरले गोल गरी २–१ को अग्रता बनाए । सिरहाले गोल फर्काएको पाँच मिनेट बित्न नपाउँदै झापाका गौरव धिमालले सेन्टर एरियादेखि बललाई एक्लै अगाडी बढाएर गोलमा परिणत गर्दै टिमको जित सुनिश्चत गरे । सिराहका अब्दुलको शसक्त प्रहार रोक्ने क्रममा झापाका गोलकिप आयूष लिम्बुले पन्च गर्दै उत्कृष्ट बचाए । त्यसपछि दबाब दिएको सिराहका बिधान लामाले इन्जुरी समयमा गोल गरी अग्रता छोट्याएका थिए ।

प्रतियोगिताको म्यान अफ द फाइनल झापाको गौरव धिमाल घोषित भए । यस्तै उत्कष्ट गोलरक्षक झापाका आयुष लिम्बु, मिड फिल्डर सिरहाका सुजन पुलामी, डिफेन्स गोलबजारका मुकेस माझी, बेस्ट फरवार्ड झापाका प्रविण राई, उत्कृष्ट कोचमा झापाका सन्दिप मगर घोषित भए । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापाका प्रविण राई घोषित भए ।

सो अवसरमा खेलकुदमा योगदान पुर्‍याउने तीन जनालाई सम्मान गरियो । जसमा कुमार महर्जन, मनोज खड्का र पप्पु सेनलाई सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तिहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, ट्रष्टका अध्यक्ष किशोर शाहीले, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

फागुन २७ देखि चैत ४ गते सम्म संचालन भएको गोल्डकपमा मोफसलका ‘ए’ डिभिजनका ८ वटा टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल