Birat Post शनिबार, चैत्र ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ चैत /

कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कवितासंग्रहको एक समारोहका बीच विमोचन गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘छन्द आराधना’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार हरिप्रसाद रिमाल, डा. भागवत आचार्य, अग्रज साहित्यकार दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, विराटनगर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेतलगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज समालोचक दधिराज सुवेदीले विमोचित कृतिको समीक्षा गरे । त्यस्तै साहित्यकार मधु पोखरेल, बाबुराम पोखरेल, भरत गुरागाईं बर्बरिक, आयोजक संस्थाका कोषाध्यक्ष फण्डिन्द्र पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कवि मञ्जुश्री गिरी, किशोर कोइराला, यशोदा अधिकारी आचार्य, प्रिन्स प्रमोद ढकालले विमोचन भएको संग्रहभित्रका कविता वाचन गरका थिए । ‘छन्द आराधना’ कवितासंग्रहभित्र विभिन्न विषयलाई आधार मानेर लेखेका ७२ वटा कविता समावेश गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल