Birat Post शनिबार, चैत्र ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ चैत ।

अधिवक्ताको परीक्षामा उत्तीर्ण कानून व्यवसायीहरुलाई दक्षता, भाषा एवं व्यवसायिक सिप प्रदान गर्न आजदेखि तीन दिने तालिम सञ्चालन गरिएको छ । कोशी प्रदेश नेपाल कानून व्यवसायी परिषद विराटनगरद्वारा आजदेखि विराटनगरमा आयोजित ३० औं अधिवक्ताको परीक्षामा उत्तीर्ण कानून व्यवसायिहरुलाई पूर्व व्यवसायिक आधारतभूत तालिममा क्षमता अभिवृद्धि ,सार्वजनिक महत्व विषय लगायतमा सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान प्रदान गरिने भएको छ ।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुले तालिमको उद्घाटन गर्दै व्यवसायीहरु इमान्दार, निडर एवं अध्ययनशिल भई न्यायालय र बार एशोसिएशन वीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले पेशगत आचरण कायम राखी न्यायालयको गरिमा उच्च बनाइ राख्नपर्ने आवश्यक्त्ता औल्याए ।

परिषद्का पार्षद प्रेमप्रसाद पोखरेल,नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, पूर्व प्रदेश महान्यायाधिवक्ता चुडामणि आचार्य र देवी घिमिरेले मर्यादित एवं उच्च नैतिकवान भएर काम गर्न र न्यायालयलाई बलियो बनाउने भूमिका निभाउनु पर्ने सुझाव दिए । तालिममा कोशी र मधेश प्रदेशका १७ महिला सहित ५७ जनाको सहभागिता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर- ४ ले क्रियाशिल प्रमाणपत्र वितरण अभियानलाई दियो तिब्रता
राधाकृष्ण रथयात्राको सम्पूण तयारी पूरा, एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष अन्तरगतको सेवा सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल