Birat Post बुधबार, चैत्र २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ चैत ।
मोरङ व्यापार संघले नो-पार्किङ र यसवाट उत्पन्न परिस्थितीका विषयमा बुधबार विज्ञप्ति जारी गरी संस्थागत धारणा सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनिएको छ ” पूर्वी नेपाल एवं कोशी प्रदेशको सबै भन्दा पुरानो शहर तथा ऐतिहासिक औद्योगिक एवं व्यवसायिक नगरी विराटनगरको बजार र आसपासका क्षेत्रहरुमा हाल विराटनगर महानगरपालिकाको कार्यालयले पार्किङ पूर्ण रुपले निषेध गर्दा विराटनगर बजारमा प्रतिकूल असर पर्न गई आज देखि बजार पूर्ण रुपले बन्द भएको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

विराटनगर बजार क्षेत्रमा पार्किङका लागि व्यवहारिक र पर्याप्त स्थानको विकल्प विनै यस क्षेत्रमा तत्कालै पार्किङ निषेध गर्नाले स्थानीय व्यवसायी र आम सर्वसाधारणलाई सास्ती पुग्नुका साथै व्यापार व्यवसाय ठप्प हुँदै व्यवसायीहरुमा उत्पन्न त्रासपूर्ण वातावरणका कारण यस ऐतिहासिक बजारको अस्तित्व मै प्रश्न चिन्ह खडा हुन गएको छ ।

यस सम्बन्धमा यस संघले विगतमा विराटनगर महानगरपालिकालाई पछिल्लो पार्किङ नीतिबाट श्रृजना हुन सक्ने अवस्था बारे सचेत गराउँदै सो को समुचित व्यवस्थापन सम्बन्धी सुझावहरु समेत पेश गरेकोमा त्यस प्रकारको व्यवस्थापन विनै पार्किङलाई पूर्ण रुपमा निषेधित गर्नु व्यवहारिक नभएको हाम्रो ठहर छ ।

विगतका विभिन्न आर्थिक जटिलताहरुका कारण कारोवारमा श्रृजित संकुचन, सीमावर्ति बजारमा हुने वैद्यरअवैद्य कारोवार लगायत कैयौँ प्रतिकूल परिस्थितिहरुका वावजूद जेनतेन संचालनमा रहेका विराटनगर बजारका व्यवसायहरु हाल महानगरपालिकाको पार्किङ निषेध सम्बन्धी एकतर्फी निर्णयबाट पूर्ण रुपले आक्रान्त भएका छन् ।

अत: विराटनगर बजार बन्द समेत भई सकेको यस जटिल अवस्थालाई मध्यनजर गरी विराटनगर बजारको संरक्षणका लागि विराटनगर महानगरपालिका सहित सम्बन्धित निकायलाई हालको पार्किङ निषेध सम्बन्धी व्यवस्थालाई तत्कालका लागि स्थगित गर्न, उक्त नीति लागू गर्नु पूर्व पर्याप्त पार्किङको व्यवस्थापन गर्न, त्रासदी वातावरणको अन्त्य गर्न र व्यवसायीहरुलाई हतोत्साहित गर्ने कुनै प्रकारका नीति नल्याउन जोडदार अपील गर्दछौँ ।”

सम्बन्धित

ताजा अपडेट
एफडी माेटर्सकाे एभी स्कुटी विराटनगरकाे कदमगाच्छीमा लन्च
वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै
सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल