Birat Post शनिबार, चैत्र २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ चैत /

विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक खरिद तथा करार व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ । चार दिनसम्म सञ्चालन हुने तालिमको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । कर्मचारीहरूलाई तालिममार्फत पुनर्ताजकी गराउँदै लग्ने महानगरको उद्देश्यअनुसार चार दिने तालिम आयोजना गरिएको बताए । उनले कर्मचारीहरूको क्षमता अभिवृद्धि नगरेसम्म सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकिने उल्लेख गरे ।

तालिममा महानगरले गर्नुपर्ने सम्पूर्ण निर्माण निर्माण सम्बन्धी कार्यहरू, वस्तु तथा सेवा खरिद गर्न पूरा गर्नुपर्ने प्रक्रिया, विधि र कानुनी व्यवस्थालगायतका बारेमा जानकारी दिइनेछ । संघीय सरकारको श्रम मन्त्रालयका उपसचिव सुवासचन्द्र सिवाकोटी, शिकेन्द्र झा, यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुखलगायतले सहभागीहरूलाई प्रशिक्षण दिनुहुने महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए । तालिममा महानगरका विभिन्न महाशाखा र शाखा प्रमुखका साथै १९ वटै वडाका सचिवहरूको सहभागिता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल