Birat Post शनिबार, चैत्र २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ चैत ।

दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधि भारत विहारको राहुल ११ नरपथगञ्जले जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा एनबिएससी त्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगन्जले १ लाख ११ हजार पायो । उपबिजेता विराटनगरले ५१ हजार रुपैयाँमा चित्त बुझायो

१५८ रनको विजय लक्ष्य पछ्याएको नरपथगन्जले १८ दशवलम २ बलमा ७ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका भानु आन्दले ३५ बलमा ६३ रनको अर्धशतीय ईङनिङ खेले । उनको ६ छक्का र ४ चौक्का प्रहार गरे । उत्कृष्ट प्रर्दशन गर्ने नरपथगञ्जका भानु म्यान अफ द फाइनल पनि घोषित भए । उनले ११ हजार रुपैयाँ पाए ।
नरपथगञ्जका विजय भारतीले ३६ रन बनाउँदै अविजित रहे । साहिल कुमारले २५ रनको योगदान दिए । विराटनगरका विधान गोस्वामीले ३ दशवलम २ बलमा ३३ रन खिर्चिएर ४ विकेट लिए । साकिबुल गनीले २ विकेट र मोहित कुमारले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट भइ १५७ रनमा सिमित भयो । विराटनगरका रोहन बिकेले ३५ बलमा ४४ रन बनाए । यस्तै प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका अमन सिंहले, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान २/२ विकेट लिए ।

बेस्ट ब्याटर नरपथगन्जका अभिषेक पाठक भए । यस्तै बेस्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव, प्लेयर अफ द सिरीज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरू सबैले जनही १५ हजार रुपैयाँ पाए । उदयमान खेलाडी मिल्स एकाडेमीका अभय कुर्मी भए । उनले पाँच हजार पाए ।

बिजेता हुने टिमलाई क्यान केन्द्रीय कोषाध्यक्ष रोशन सिंह, क्यानका वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य साना डंगोल, मिल्स क्रिकेट एकाडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
तीजको पहिलो दिन आज दर खाइँदै
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री
सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल