Birat Post शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ वैशाख

शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको जनाएको छ । केन्द्रद्वारा शनिवार विराटनगमा आयोजित शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध किसिमका शैक्षिक सूचनाहरु सरोकारवालाहरुलाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रम निर्देशक सुरेश जोशीले प्रदेश र स्थानीय स्तरमा शिक्षा सम्बन्धी सुधारको लागि आवश्यक सुझाव सङ्लकन गर्नुका साथै विद्यार्थी भर्ना , गुणस्तरी शिक्षा पहुंच, नमूना विद्यालय स्थापना लगायतका कार्य भएको जानकारी दिए ।

उनले विद्यालयमा स्यानटरी प्याड, भौतिक पूर्वाधार, कक्षा कोठा भित्र वहिर सुधार लगायतका विषयमा आवश्यक सुझाव सङ्कलन गरी कार्यान्वयन गर्ने दिशातर्फ अघि वढेको बताए । केन्द्रका प्रवक्ता रुद्र न्यौपानेले पहिलो पटक मोफसलमा यस प्रकारको कार्यक्रम गरेको जानकारी दिँदै सङ्घीय शिक्षा ऐन नआएकोमा सरोकारवालाकाहरुले चासो रहेको विचार व्यक्त्त गरे । शिक्षक तालिमको पाठ्क्रमको ढाँचा निर्माण, सामग्री विकास ,मापदण्ड विकास एवं प्रमाणीकरण लगायतका कार्यहरु भएको बताए ।

स्थानीय तहमा कर्मचारीको अपर्याप्ता र क्षमता विकास, जिम्मेवारी तथा कार्यक्षेत्रको अन्यौलता, जनशक्तिको अभाव, नमूना विद्यालय, भौतिक निर्माण सुधार लगायतका केही विषयमा दोहोरो लगायतका समस्या रहेको उहाँले जानकारी दिइयो । शिक्षा विकास समन्वय इकाई विराटनगरका प्रमुख टङ्क प्रसाद गौतमले हालै सम्पन्न एसइई परीक्षामा चार सय नक्कली परीक्षार्थी पक्राउ गरी कानूनी अनुसार कारवाही गरेको जानकारी दिए । विसं २०७९ मा मुलुकमा आधारभूत शिक्षाको तह पूरा गर्ने दर ७७ दशमलव एक प्रतिशत रहेको छ भने पाँच देखि १२ वर्ष उमेरका विद्यालय बाहिर रहेका बालबालिहरु तीन दशमलव नौ प्रतिशत रहेको तथ्याङक प्रस्तुत गरिएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल