Birat Post सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post
विराटनगर, ३१ वैशाख ।  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले धर्म, भाषा, संस्कृति  संरक्षण गर्न संस्कृत भाषाको शिक्षा आवश्यक रहेको बताएका छन् । श्री लक्ष्मीनारायण वेद विद्याश्रम आवासीय संस्कृत मावि गुरुकुलम्को परिसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बत्र लागेको चार कोठे भवनको आज शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख कोइरालाले लोप हुन लागेको संस्कृत भाषाप्रति बढेको आकर्षणले संस्कृत भाषाको संरक्षण हुने विश्वास गर्दै असल नागरिक बत्र नैतिक शिक्षा चाहिने भएकाले संस्कृत शिक्षा दिनु आवश्यक रहेको वताए । विद्यालयका संरक्षक अच्युतप्रपत्राचार्यले नैतिक शिक्षा,संस्कार र चरित्र निर्माण गर्न संस्कृत भाषा अत्यन्त जरुरी रहेको वताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने र शिक्षा सेवी दुर्गाप्रसाद खतिवडाले संस्कृत भाषाको महत्व बारेमा चर्चा गरेका थिए । दुई कठ्ठा १० धुर जग्गामा रहेको सो विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्मको अध्यापन हुने र विद्यालयमा लगभग १०० जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ४५ लाख बजेट प्राप्त भएको बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल