Birat Post सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

बेलबारी , १ बैशाख ।
मोरङ सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटचौक ५ बस्ने बर्ष ३६ का देबराज सिक्देल रहेका छन् ।

सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आर ए भिजन एकाउन्ट सोलुसन प्रालि फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैङ्क शाखा कार्यालय विराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा अठ्ठाईस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा ६६ हजार आठ रुपैया निकाले  संगै प्रहरीले सिग्देललाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल