Birat Post मंगलबार, जेठ ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post
विराटनगर २ जेठ ।  कश्यप गोत्रीय गजाधर अधिकारी कुल देवता सेवा समाज, सुनसरीले जग्गादाता परिवारलाई सोमबार सम्मान गरेको छ ।
संस्थाको प्रयोजनका लागि जग्गा प्रदान गर्ने आजीवन सदस्य एवं जेष्ठ नागरिक पूर्णबहादुर अधिकारी सहित उहाँकी छोरी सरस्वती अधिकारी कार्कीलाई आइतबार सम्मान गरिएको हो । पूर्णबहादुरको परिवारले मोरङको बुढीगंगा गाउ“पालिका वडा नं. ४ स्थित गोकुवामा संस्थाको प्रयोजनका लागि दुई कठ्ठा जग्गा प्रदान गर्नु भएको संस्थाले जनाएको छ ।
गोकुवामा अधिकारी बन्धुहरूको सामूहिक गोठधूप र कुलपूजा (देवाली)का लागि हालै शिलान्यास गरिएको क्षेत्रपाल रूमाल बिन्ध्याबासिनी मन्दिरको नियमित आन्दानीको स्रोतका लागि पूर्णबहादुर परिवारका तर्फबाट जग्गा प्रदान गरिएको समाजका अध्यक्ष हेमप्रसाद अधिकारीले बताउनु भयो । खोटाङको ऐ“सेलुखर्क गाउ“पालिका वडा नं. ६ अन्तर्गत साविक ज्यामिरे गाउ“ विकास समितिको वडा नं. ८ ज्यामिरे र वडा नं. ९ धुलपुरे पुख्र्यौली थातथलो भएका गजाधर अधिकारीका सन्ततीद्वारा सामूहिक गोठधूप र कुलपूजाका लागि मन्दिर निर्माण गर्न लागिएको उहाँले जानकारी दिनु भयो ।
हाल छोरी सरस्वतीस“गै काठमाडौंमा बस्दै आएका जग्गादाता पूर्णबहादुरले मन्दिरको नियमित पूजाआजाका साथै संस्थाको स्थायित्वका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो परिवारका तर्फबाट घोषणा गरेबमोजिमको जग्गा हस्तान्तरण  गरिएको बताउनु भयो । मन्दिर निर्माणका लागि समेत आफ्नो परिवारका तर्फबाट सक्दो आर्थिक सहयोग उपलब्ध गराउन प्रतिबद्धता ब्यक्त गर्नु भयो ।  खोटाङबाट बसाईं सरेर हाल सप्तरी, सुनसरी र मोरङका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका गजाधर अधिकारीका सन्ततीको पहलमा सामूहिक गोठधूप र कुलपूजाका लागि बिन्ध्याबासिनीको मन्दिरसहितको भौतिक संरचना निर्माणको तयारी भइरहेको समाजका अध्यक्ष अधिकारीले बताउनु भयो ।
सामूहिक गोठधूप र कूलपूजालाई व्यवस्थित बनाउ“दै भावी पुस्तालाई पुख्र्यौली संस्कार हस्तान्तरण गर्ने उद्देश्यले संस्थाका सदस्य खिलाराज अधिकारीको संयोजकत्वमा पा“च सदस्यीय समिति गठन गरी मन्दिरलगायतका भौतिक संरचना निर्माणको जिम्मेवारी दिइएको छ । संस्थाका आजीवन सदस्य, गजाधरका सन्ततीका साथै भाइबन्धु र शुभेच्छुकहरूबाट समेत आर्थिक सहयोग संकलन गरी मन्दिरलगायत आवश्यक भौतिक संरचना निर्माणको योजना रहेको अध्यक्ष अधिकारीले बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल