काठमान्डौं,७ जेठ । पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आइतबार बिहान २:५९ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।