Birat Post बुधबार, आषाढ १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ असार

अन्तराष्ट्रिय प्रतियोगितामा बहुसंख्यक नेपालीले सहमागिता जनाउंने गरेको सप्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता विराटनगरमा सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्डको प्रायोजन र मोरङ जिल्ला सप्ट टेनिस संघको संयोजनमा खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु गरिएको हो । पांच बिधामा गराईने प्रतियोगिताको पहिलो दिन बुधबार महिला एकल तर्फ ४ जना र पुरुष एकल तर्फ १५ जना प्रि क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेल पार गरेर प्रि क्वाटर फाइनेलमा प्रवेश गर्ने महिलामा कोशी प्रदेशबाट श्रेया राई, बाग्मतीबाट जर्जिया चौधरी, लुम्बीनीबाट बिमला मन्थी र ऋषिका चौधरी छन् । वर्षाका कारण पहिलो दिनको महिलाको तीन वटा खेल रोकिएको छ । लुम्बीनीका रोशन केसी, र सुमन लामा, कोशीका आशिष बोहरा, र आभाष बुढाथोकी, सशस्त्रका राजेन्द्र श्रेष्ठ, भिमबहादुर मगर र सुमन लामा बिजयी भएर प्रि क्वाटर फाइनलमा पुगेका छन् ।

वाई पाएर प्रि क्वाटर फाइनलमा कोशीका युकेश योन्जन, आशिष ढकाल, लुम्बीनीका सुरज चौधरी, सशस्त्रका कमल भण्डारी, बाग्मतीका प्रदीप खत्री, निर्मल स्थापित र ब्रीजेश पाण्डे पुगेका छन् । राष्ट्रिय बिजेतालाई सिधै प्रि क्वाटर फाइनलमा लाने आयोजकको रणनीति भएपनि महिला तर्फबाट सशस्त्र प्रहरीकी समृद्धी महर्जन खेलमा सहभागि हुन सकिनन् ।

आयोजकले सात प्रदेश र तीन बिभागीय टोलीलाई आमन्त्रण गरेपनि नेपाली सेना र प्रहरी तथा मधेस प्रदेश र कर्णाली प्रदेश सहभागि भएन । विराटनगरको शहिद रंगशाला र विराटनगर जुट मिल्स परिसरमा रहेको कोर्टमा प्रतियोगिता संचालन हुंदैछ । प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्रीद्धय मुकेश श्रीवास्तव र आनन्दप्रसाद श्रेष्ठ, राष्ट्रिय रेफ्रीहरु राजेश लामीछाने रेखा दुलाल, सन्तोष कर्माचार्य र धर्मपाल श्रेष्ठ निर्णायकको भुमिकामा छन् ।

प्रतियोगिताको बिभिन्न बिधामा प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने दुईलाई १०, १० हजार रुपैंया नगद पुरस्कार र मेडल राखिएको छ । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच गरेका थिए । प्रतियोगिता १६ गते समापन हुने बताइएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल